काठमाडौं । देशभर ग्यासको अभाव बढ्दै गएपनि विकल्पका रूपमा हेरिएको इन्डक्सन चुल्होको आयात भने घट्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउन–माघ) सम्म १ लाख ४ हजार ७१७ वटा इन्डक्सन आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९ हजार ३६४ वटाले कम हो । गत आवको सोही अवधिमा १ लाख १४ हजार ८१ वटा इन्डक्सन आयात भएको थियो।
चालु आवमा २२ करोड २७ लाख ४ हजार रुपैयाँ लागतको इन्डक्सन चुल्हो आयात भएको छ, जसबाट सरकारले ३ करोड १५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा भने २२ करोड ९५ लाख ६९ हजार रुपैयाँ बराबरको आयात हुँदा ३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।
यता, इन्फ्रारेड कुकटपको आयात पनि घट्दो क्रममा छ। चालु आवमा ४२ हजार २१८ वटा आयात भएको छ, जबकि गत आवमा सोही अवधिमा ४३ हजार २३३ वटा आयात भएको थियो । चालु आवमा ७ करोड ६७ लाख ७ हजार रुपैयाँको आयातबाट १ करोड ८ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। गत आवमा ७ करोड ९४ लाख ३७ हजार रुपैयाँको आयात हुँदा १ करोड १२ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
“के हो त इन्डक्सन र इन्फ्रारेड भनेको?”


