काठमाडौं । आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुई खेलको टी-२० शृङ्खलाको पहिलो खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यो खेल नेपाली समय अनुसार आज साँझ ५:०० बजे सुरु हुनेछ। । नेपाली क्रिकेट टोलीले पहिलो पटक कीर्तिपुरस्थित त्रिवि मैदानमा फ्लडलाइट मुनि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ। यसको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी २ मा उपलब्ध हुनेछ ।
नेपाल र युएईबीच २ खेलको टी-२० शृङ्खला सुरु


