काठमाडौं ।आईपिएल २०२६ को आजको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २०० रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको सानदार १०१ रनको मद्दतमा २० ओभरमा १९९ रन बनायो।
मुम्बईका लागि नमन धीरले ३२ बलमा ४५ रन बनाएर तिलकलाई राम्रो साथ दिए भने कप्तान हार्दिक पाण्ड्याले १५ रन र सूर्यकुमार यादवले १५ रन जोडे। गुजरातका बलरहरूमध्ये कागिसो रबाडा सबैभन्दा सफल रहे, जसले ३३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
अहिले गुजरात जितका लागि जवाफी ब्याटिङको तयारीमा छ।


