CLI

टस जितेर नेपालले रोज्यो बलिङ,चार परिवर्तनसहित सन्तोष यादवको डेब्यु

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आज नेपाल र युएईबीचको दोस्रो टी–२० आई खेलका लागि टस सम्पन्न भएको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै युएईलाई ब्याटिङको निम्तो दिएको छ।

पहिलो खेलमा हार बेहोरेको नेपाललाई शृङ्खला जोगाउन आजको खेल जित्नैपर्ने दबाब छ।

नेपालको प्लेइङ–११

कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्तोष यादव, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलाम र हेमन्त धामी रहेका छन्।

नेपालले आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप यूएईसँग टी–२० सिरिज खेलेको हो।

यसपछि नेपालले घरेलु मैदानमै ओमान र यूएईसहितको त्रिकोणात्मक एकदिवसीय सिरिज आयोजना गर्नेछ भने अर्को सिरिजमा अमेरिका र स्कटल्यान्ड पनि सहभागी हुनेछन्।

Leave Your Comment

Related News