CLI

दोस्रो टी-२० खले मा नेपालको ८ विकेटको जित, सिरिज बराबर

काठमाडौं । कुशल भुर्तेलको १५औं अर्धशतकसँगै नेपालले दोस्रो टी–२० आई खेलमा पाहुना टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ।

मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपालले ८ विकेटको सानदार जित निकाले हो। योसँगै नेपालले २ खेलको सिरिज १–१ को बराबरीमा पुर्‍याएर समाप्त गरेको छ। पहिलो खेलमा नेपालले ६ विकेटको नराम्रो हार बेहोरेको थियो।

तर, यसपल्ट भने युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै पहिलो खेलको हारको बदला पनि नेपालले पूरा गरेको छ।

नेपालको जितमा कुशलले अविजित रहँदै सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५५ बलमा १२ चौका र २ छक्का प्रहार गरे।

उनको यो करिअरको १५औं अर्धशतक हो। कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। कुशल मल्ल १९ र डेब्यु खेल खेलेका सन्तोष यादव एक रनमा आउट भए।

युएईका मोहम्मद अर्फान र नलांश केसवानीले समान १ विकेट लिए।

Leave Your Comment

Related News