CLI

द रोलिङ स्टोन्स स्कूलमा विश्व टेबल टेनिस दिवस मनाइयो  

काठमाडौं ।  नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६” ठूलो उत्साहका साथ बिहीबार मनाइएको छ । विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कूल” मा स्कूलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन् ।

काठमाडौंको भिमसेनस्थानस्थितको स्कूलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, सामाजिक कार्यकर्ता, मन्त्री, टेबल टेनिसका प्रतिष्ठित व्यक्तिहरूसहित ३ सयभन्दा बढी सहभागीहरूले विभिन्न खेलकुदका गतिविधिहरूमा रमाइलो गरे । यस वर्ष विषय “स्वास्थ्य र कल्याण“ मा आधारित थियो र सहभागीहरूले विभिन्न खेलकुद कार्यहरूमार्फत यो विषयवस्तुको महत्व सिके । स्कूलका अध्यक्षः सुनीलकृष्ण श्रेष्ठ, निर्देशकः स्कूलकी निर्देशक बिनी श्रेष्ठ, विशिष्ट अतिथि वागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले स्वागत र धन्यवाद दिएका थिए ।

दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव तथा एसियाली टेबल टेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले साँचो स्वास्थ्य भनेको रोगको अनुपस्थिति मात्र होइन; यो पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था रहेकोले खेल्नु पर्ने बताए । स्कूलका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले विभिन्न टेबल टेनिस खेलकुद कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

Leave Your Comment

Related News