CLI

शिभाली र स्वस्तिका फाइनलमा

काठमाडौं । शिभाली गुरुङ र स्वस्तिका विष्ट १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६–३, ६–७ र ६–१ तथा दर्शिलले प्रणव मानन्धरलाई ६–० र ६–० को सेटमा हराए । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–४ र ६–१ तथा सन्तोष खत्रीले दावा सोनाम शेर्पालाई ६–२ र ७–५ ले पाखा लगाउदै फाइनलमा पुगे । उक्त स्पर्धाको पुरुष डबल्समा भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीले निरज रेग्मी र इश्वर जिसीको जोडीलाई ६–१ र ६–२ तथा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले सन्तोष खत्री र जुजुमन किमको जोडीलाई ६–२ र ६–४ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ७० वर्षमाथि पुरुष सिंगल्सको उपाधि धीरबहादुर गुरुङले जिते । उनले फाइनलमा ज्ञानेन्द्रमान ताम्राकारमाथि ५–४ र ४–० को जित रचे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले महेश श्रेष्ठलाई ७–५ र ६–३ तथा रोहित सुनुवराले अमितसिंह गुरुङलाई ६–३ र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । सो स्पर्धाको पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले नवाङ लामा र राजेन्द्र भाटियाको जोडीलाई ६–२ र ६–० तथा अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीले सुकमान तामाङ र अञ्जन बानियाँको जोडीलाई ६–० र ६–२ ले हराउदै फाइनल भिडन्त निश्चित गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले उत्तम बोगटीलाई ६–० र ६–२ विमलकुमार गुरुङले मच्छिन्द्र थापालाई सीधा सेटमा ६–१ र ६–१ ले पाखा लगाउदै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडीले सागर केसी र निरञ्जनकुमार श्रेष्ठको जोडीलाई ६–२ र ६–० तथा मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीले धर्म शाही र आशिष सिग्देलको जोडीलाई ६–१, ३–६ र १३–११ ले पन्छ्याउदै फाइनलमा प्रवेश गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङले वाल्टर स्मितलाई ६–१, ३–६ र १०–६ तथा कमल थापाले पवित्रजंग रायमाझीलाई ६–१ र ६–० ले पराजित गरी फाइनल यात्रा तय गरे । सोही उमेरसमूहको पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीले प्रेमप्रकाश थापा र पवित्रजंग रायमाझीको जोडीलाई ६–२ र ६–० तथा ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीले दीपक श्रेष्ठ र ज्ञानेन्द्रमान ताम्रकारको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउदै फाइनलमा पुगे । प्रतियोगितामा १३ स्पर्धा समावेश छन् । शुक्रबार ११ स्पर्धाको फाइनल हुनेछ । अन्तिम दिन शनिबार पुरुष÷महिला सिंगल्सको फाइनल हुनेछ ।

Leave Your Comment

Related News