CLI

आईपीएलः प्लेअफ खेल्ने अन्तिम ४ टोली

काठमाडौं । इन्डियन प्रिमियर लिग  २०२६ को लिग चरणका  ७० खेलहरू समाप्त भएसँगै प्लेअफमा पुग्ने चारवटा टोलीको टुंगो लागेको छ।

विक विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर , गुजरात टाइटन्स , र सनराइजर्स हैदराबाद  ले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए भने चौथो तथा अन्तिम स्थानका लागि भएको निकै प्रतिस्पर्धात्मक खलेमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफको अन्तिम टिकट काटेको हो। राजस्थानको यो जितसँगै पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्सको प्लेअफ पुग्ने सपना अधुरै रहन पुग्यो।

यस सिजनको लिग चरणमा निकै कडा प्रतिस्पर्धा देखियो, जहाँ शीर्ष तीन टोलीहरू बेङ्गलोर, गुजरात र हैदराबादको समान १८–१८ अंक रहेको थियो, तर उत्कृष्ट नेट रन रेटका आधारमा आरसिबी तालिकाको शीर्ष स्थानमा रहन सफल भयो।

अर्कोतर्फ, ठूला टोलीहरूको प्रदर्शन निराशाजनक रहँदा चेन्नई सुपर किङ्स १२ अंकका साथ आठौँ स्थानमा रह्यो भने मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स समान ८ अंक मात्र जोड्दै तालिकाको सबैभन्दा तल पुगे।

नियम अनुसार शीर्ष दुई स्थानमा रहेका आरसिबी र गुजरातले फाइनल पुग्नका लागि दुईवटा अवसर पाउनेछन्, जसअन्तर्गत मंगलबार मे २६ मा धर्मशालामा हुने क्वालिफायर १ को विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले अर्को मौका पाउनेछ।

तेस्रो र चौथो स्थानका हैदराबाद र राजस्थानका लागि भने बुधबार मे २७ मा चण्डीगढमा हुने एलिमिनेटर खेल को नकआउट भिडन्त हुनेछ, जहाँ जित्ने टोली क्वालिफायर २ मा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। आइपिएलको इतिहासमा पहिलो पटक प्लेअफमा पुगेका चारै वटा टोलीहरूले यसअघि कम्तीमा एक–एक पटक उपाधि जितिसकेका हुनाले, आगामी मे ३१ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आयोजना हुने फाइनल खेलमा जुन टोलीले कप उचाले पनि, त्यो उक्त फ्रेन्चाइजीको ऐतिहासिक दोस्रो उपाधि हुने निश्चित छ।

Leave Your Comment

Related News