Global College

तिहार बिदापछि आज सेयर बजार खुल्दै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको सार्वजनिक बिदापछि आज (कात्तिक २७ गते, शुक्रबार) बाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित सेयर कारोबार पुनः सञ्चालनमा आउँदैछ । सरकारले कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म तिहारको बिदा दिएकाले कात्तिक २१ गते शनिबारसमेत गरी लगातार ६ दिन बन्द रहेको सेयर बजार शुक्रबारदेखि खुल्ने भएको हो ।

चार्डपर्वको बिदापछि बजार खुल्न लाग्दा आम लगानीकर्ता तथा बजार विश्लेषकहरूले आजको कारोबार र बजारको सम्भावित दिशालाई लिएर विशेष चासोका साथ हेरिरहेका छन् । तिहारअघिको अन्तिम कारोबार दिन (कात्तिक २० गते, शुक्रबार) नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको थियो ।

तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६५५.२२ विन्दुमा बन्द भएको थियो । तिहार सकिएलगत्तै सूचीकृत कम्पनीहरूको वार्षिक साधारण सभा र लाभांश सुरक्षित गर्ने सिजन तीव्र हुने भएकाले बजारमा खरिद चाप बढ्न सक्ने अनुमान गरिएको छ । तिहारको बिदा पछि आज खुल्ने बजार यो हप्ताको कारोबार हुने एक दिन मात्रै हो । शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले अब सेयर बजार आज पछि यो महिनाको अन्तिम दिन सोमबार मात्रै खुल्ने छ ।

NECO

Leave Your Comment

Related News