काठमाडौं । शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनीको ७८ लाख ४४ हजार २६७ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ५ करोड ४२ लाख पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ४० करोड रुपैयाँले घटेको छ। विहीबार कारोबार रकम ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंकले घटेको छ।
यस दिन ४ उप समूह बढेका छन् भने ९ घटेका छन्। बैंकिङ ०.२३ प्रतिशतले, वित्त ०.४७, लगानी ०.२२, जीवन बीमा ०.६७, उत्पादन र प्रशोधन ०.७९, लघुवित्त ०.४३, म्युअुचल फण्ड ०.४३ अन्य समूह ०.९४ र व्यापार समूह ०.०० प्रतिशतले घटेका छन । यता विकास बैंक ०.०४, होटल्स तथा पर्यटन समूह ०.२४, जलविद्युत ०.२७, निर्जीवन बीमा ०.३३ प्रतिशतले बढेका छन्।



