Global College

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।

आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए ।सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने उनले बताए।

NECO

Leave Your Comment

Related News