CLI
Global College

हप्ता दिनमा १४.५४ अंकले घट्यो नेप्से, औषत कारोबार ३ अर्ब २४ करोड

काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै बन्द भयो । यो साता नेप्से परिसूचक १४.५४ अंकले घटेर बन्द भएको हो । जुन गत साताको तुलनामा ०.५७ प्रतिशतको गिरावट हो ।

गत साताको अन्तिम कारोबार दिन २५५७.३१ विन्दुमा बन्द भएको नेप्से परिसूचक १४.५४ अंकले घटेर २५४२.७७ विन्दुमा पुगेको छ । यो साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जहाँ तीन कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बजार घटेको थियो ।
यस साता फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ९७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १८.५२ प्रतिशत कम हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १५.०८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.९१ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५७ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता २५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यो साता १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ । गत साता ९३.९४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता १.०५ अंक बढेर ९४.९९ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६७.१४ अंक बढेको छ ।
यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशत घटेको छ । गत साता ९७३३.७८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता ४४३.०८ अंक घटेर ९२९०.७० विन्दुमा झरेको छ ।

Leave Your Comment

Related News