CLI
Global College

नुवाकोटको तादी खोलामा सेनाद्वारा ६० मिटर लामो फलामे पुल जडान तीव्र

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो।

साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको छ। तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम आजसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ।

स्थानीय यातायात र जनजीवनलाई यथाशीघ्र सहज बनाउने उद्देश्यका साथ सेनाले निरन्तर काम गरिरहेको छ। आज जडान कार्य सकिएलगत्तै प्राविधिक परीक्षण गरी उक्त मार्गमा सवारी साधन सञ्चालनका लागि बाटो खुला गरिनेछ।

Leave Your Comment

Related News