RE
Global College

१४ वर्षपछि पुनः अफगानिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। सन् २०१४ को टी-२० विश्वकपपछि अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो पहिलो ऐतिहासिक जित हो।

जापानको कोरोगी स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपाली स्पिनरहरूले धराशायी बनाउँदै निर्धारित २० ओभरमा १०२ रनमै रोकेका थिए। नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए भने देब्रेहाते स्पिनर ललित राजवंशीले ३ ओभरमा १३ रन दिएर ३ महत्वपूर्ण विकेट चटकाए।

१०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालको जितमा सन्दीप जोराले ३४ रन र कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रनको उत्कृष्ट पारी खेले।

Leave Your Comment

Related News