RE
Global College

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा रहेको थियो ।

त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा रहेको थियो । त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा रहेको थियो ।

त्यस्तै आज स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ७३ पैसा बिक्रीदर ४०१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ–्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News