RE
Global College

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज २९ गतेबाट ऋणपत्र निष्कासन गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख ऋणपत्र जारी गरेको छ ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये बैंकले ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

NECO

Leave Your Comment

Related News