RE
Global College

एनपिएल क्रेज : उद्घाटन म्याचको टिकट आधा घण्टामै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् । प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत बिहीबार साँझ ८ बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो । तर, क्रिकेट प्रशंसकहरूको अभूतपूर्व क्रेज र चापका कारण ८ः३० बजे नै बुकिङ प्रणाली बन्द हुन पुग्यो ।

आगामी ९ कात्तिकदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपिएल ३ को पहिलो उद्घाटन खेल सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । उनीहरू अघिल्लो संस्करणका फाइनलिस्ट हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलहरूका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १,००० रुपैयाँ टिकट मूल्य तोकेको छ । इलिमिनेटर र फाइनलको टिकट मूल्य साधारणतर्फ १००० र प्रिमियमतर्फ २ हजार पर्छ ।

बुकिङ खुला भएको केही मिनेटमै इसेवाको प्रणालीमा हजारौँ दर्शकहरू एकैपटक जोडिएका थिए । पहिलो खेलका लागि कुल कति संख्यामा टिकट बिक्री गरियो भन्ने विवरण भने क्यान वा इसेवा कसैले पनि खुलाएका छैनन् ।

NECO

Leave Your Comment

Related News