काठमाडौं । बुधबार सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ तोकिएको छ । यो सँगै मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । यो सँगै बुधबार लागि चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँ तोकिएको छ ।
मंगलबार भने चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।



