काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि क्यानेडियन ब्याटर युवराज सिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटर चल्न सकेनन्। खेलको १५औं ओभरमा सन्दीपले युवराजसहित लगातार तीन विकेट लिँदै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेपछि पोखराको ठूलो योगफल बनाउने सम्भावना समाप्त भएको थियो। उत्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए भने विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले समान एक-एक विकेट हात पारे।
सन्दीपको ह्याट्रिकसहित ६ विकेट,पोखरा एभेन्जर्स १३२ रनमा समेटियो



