Global College

जनकपुरले चितवनलाई दियो ८९ रनको लक्ष्य

काठमाडौं । चितवन राइनोजका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवनसामु ८९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। विशाल सुस्लिङले १५ तथा ओपनर सन्तोष कार्कीले १० रनको योगदान दिए। तृतराज दास पाँच रनमा आउट हुँदा रायन बर्लले ६ र आदित्य महताले चार रन बनाए।

त्यस्तै, अविशेष तिवारीले चार रन बनाए भने ह्यारी टेक्टर र जिम्मी निसम खाता नै नखोली पेभेलियन फर्किए।

जनकपुरको ब्याटिङ धराशायी बनाउन चितवनका रन्जित कुमारले सर्वाधिक तीन विकेट लिए। उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र दुई रन खर्चिए।

सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट हात पारे। कमिल मिसाराले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए।

रिजन ढकालले दुई ओभरमा आठ रन दिँदै एक विकेट लिए भने कमल ऐरीले पनि एक विकेट आफ्नो नाममा गरे।

NECO

Leave Your Comment

Related News