Global College

राष्ट्रिय जीवन बीमा कम्पनी साढे ६५ लाख घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ घाटामा गएको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ३ रुपैयाँ ६२ पैसा रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ रुपैयाँ ६८ पैसा थियो।

यद्यपि, कम्पनीको कुल बीमाशुल्क आर्जनमा वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन करिब ६.९२ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा कम्पनीको कुल खर्च ५ अर्ब ४६ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ५ अर्ब ४० करोड ५४ लाख रुपैयाँ थियो।

वित्तीय विवरणअनुसार कम्पनीको कुल सम्पत्ति ७४ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ७३ अर्ब ५६ करोड ६ लाख रुपैयाँ थियो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८१ करोड २ लाख रुपैयाँ रहेको छ भने सञ्चित नोक्सानी ४ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल इक्विटी ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

त्यस्तै, कम्पनीको कुल बीमा पोलिसी संख्या ५ लाख ६० हजार ४१३ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या ५ लाख ९१ हजार ९७० थियो।

कम्पनीको सोल्भेन्सी अनुपात पनि ऋणात्मक ३.७९ रहेको वित्तीय विवरणमा उल्लेख छ।

 

NECO

Leave Your Comment

Related News