काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १.११ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको वित्तीय आम्दानी घट्नुका सञ्चित नोक्सानी बढेका कारण नाफा प्रभावित भएको हो ।
यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । चालु आवको पहिलो त्रै्रमासमा विद्युत बिक्रीमार्फत ३ अर्ब९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८ करोड ७७ लाख रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३.१७ प्रतिशतले बढेर २ अर्ब ८० करोड १० लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ७१ करोड ४७ लाख ३४हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि ५९ लाख ७१ हजार रुपैयाँबाट घटेर २३ लाख ३८ हजार रुपैयाँमा झरेको छ ।
यसैगरी कम्पनीको कम्पनीको सञ्चित नोक्सानी भने गत वर्षको असोज मसान्तसम्म १० अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको चालु आवको वर्षको सोही अवधिमा बढेर १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। जसका कारण नाफामा असर परेको हो ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष ७.९१ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ७.८२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ५२.३० रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको कुल इक्विटी १११ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको छ ।



