काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. मार्फत उक्त टायर सिरिज नेपाली बजारमा भित्र्याइएको हो।
गुणस्तर, प्रविधि र नवीनताका लागि अन्तर्राष्ट्रिय बजारमा परिचित मिशेलिनको प्राइमसी ५ सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि प्रिमियम टायर छनोट गर्ने थप अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्राइमसी ५ सिरिज बदलिँदो अटोमोबाइल बजार र उपभोक्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर नेपाली बजारमा उपलब्ध गराइएको हो। विश्वव्यापी रूपमा टायर उत्पादन तथा प्रविधिमा लामो अनुभव बोकेको मिशेलिनको यो उत्पादन नेपाली प्रिमियम टायर बजारका लागि थप विकल्पका रूपमा रहने अपेक्षा गरिएको छ।
नेपालमा मिशेलिन प्राइमसी ५ पाँचवटा साइजमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसअन्तर्गत १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज रहेका छन्। यी साइज विभिन्न लोकप्रिय प्यासेन्जर कार तथा एसयूभी मोडललाई लक्षित गरी ल्याइएका हुन्।
उपलब्ध साइजअनुसार २१५/६० आर१७ टायर हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त हुने जनाइएको छ।
त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ। २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपयुक्त हुनेछ।
यसैगरी, १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ। २१५/६० आर१६ साइज भने हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि ल्याइएको कम्पनीले जनाएको छ।
सिप्रदी अटोपार्ट्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। मिशेलिनको प्रिमियम टायर सिरिज नेपाली बजारमा भित्र्याउनु पनि उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादनमा पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धताको निरन्तरता भएको जनाइएको छ।
मिशेलिन प्राइमसी ५ नेपाली बजारमा उपलब्ध भएसँगै प्रिमियम टायर खोजिरहेका ग्राहकले आफ्नो सवारीसाधनअनुसार उपयुक्त साइज छनोट गर्न सक्नेछन्। टायरको मूल्य, उपलब्धता तथा खरिदसम्बन्धी थप जानकारी सिप्रदी अटोपार्ट्सबाट प्राप्त गर्न सकिनेछ।



