क्रिकेटर लामिछानेले अमेरिकाको भिसा पाए

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको भिषा स्वीकृत भएको जानकारी दिएको छ । भिषा स्वीकृत भएसँगै विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै (शुक्रबार) बेलुका अमेरिका प्रस्थान गर्ने जनाएको छ ।

‘नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा संचालन हुने त्रिदेशीय ओडिआई सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदुतावासबाट भिषा प्राप्त भएको व्यहोरा जानकारी गराउँद छौ,’ विज्ञप्तीमा भनिएको छ ।

यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले भिसा पाएका थिएनन् । क्यानडामा भएको विश्व कप लिग टु को सिरिज खेलेर सन्दीप दशै अघि स्वदेश फर्केका थिए।

अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ । सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार