CLI

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा

काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा भएको छ  । बैंकको पुँजी कोष अनुपात नपुगेपछि शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । यसकासाथै बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको छ ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले समस्याउन्मुख  घोषणा गरिएको जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकले शीघ्र सुधारात्मक कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ ।

शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकको भनाई छ ।

 

Leave Your Comment

Related News