पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

आयात बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च हुनुसहित कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिन्छ । मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदाभन्दा शोधनान्तर स्थिति बचतमा जान्छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

यसले चालु खातासमेत बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर .२ अर्ब ८७ करोड रुपैयाँ थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ९३ करोड रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार