काठमाडौं । बिहीबारका लागि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यो सँगै बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुन प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार गरिएको थियो ।बुधबार भने छापावाल सुन प्रति तोल १९ सय रुपैयाँले बढेको थियो ।
बिहीबारका लागि चाँदी प्रति तोला २० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँ तोकिएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रति तोला १ हजार ८९५ रुपैयाँमा कारोबार गरिएको थियो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।