CLI

कुमारी बैंकले अगुवाईमा ९० मेगावाटको मर्स्याङदी नदी जलविद्धुत आयोजनालाई जुट्यो लगानी

काठमाडौं । कुमारी बैङ्कको नेतृत्वमा  ९० मेगावाटको मर्स्याङदी  अर्ध जलासययुक्त जलविद्युत् आयोजनामा लागि लागानी जुटेको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदी जलविद्धुत आयोजनाको  निर्माण एम . ए. पावर प्रा. लि. ले  गर्नेछ    ।

कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको   र एम. ए. पावर प्रा.लि.का अध्यक्ष अनुप आचार्यको  उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा  निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो  ।

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने रश्री दिपक बरालको रहने बताइएको छ  । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक Due Diligence Study  अगाडी बढाएको कम्पनीका अध्यक्षले जानकारी दिएका छन्  । यो समुहले सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सञ्चालन गरेको सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको जनाइएको छ  ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१  बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने समय (RCOD २०८६ साल बैशाख २२ लाइ तोकिएको छ  ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले जानकारी दिएका छन्  । आयोजनाबाट उत्पादन हुने  विद्धुतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०-१३२ केभी मा जोडिने छ ।

Leave Your Comment

Related News