बन्द तथा रूग्ण उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने विगतकै कार्यक्रम दोहोर्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो नीति लिएको हो ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका बन्द तथा रूग्ण अवस्थाका सार्वजनिक संस्थान सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यस्थापन र सञ्चालन गरिने बताएका हुन्।
उनले व्यवसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाइने पनि बताएका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार