पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउन ‘प्याकेज’ ल्याउने तयारीमा सरकार

काठमाडौं । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन वायुसेवा प्रदायक कम्पनीलाई सरकारले छुट प्याकेज ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन रणनीति र विशेष कार्यक्रम ल्याइने बताएका हुन् ।

उनले देशका विमानस्थलहरु र वायु सेवा कम्पनीहरुको क्षमता विकास र विस्तार गरिने समेत बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार