थप साढे १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले सिँचाइ पूर्वाधार प्रणाली व्यवस्थित गर्दै थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको हो ।
यस्तै तराई मधेशका ३ लाख १८ हजार हेक्टर क्षेत्रफलमा क्लस्टरमा आधारित स्यालो तथा डिप ट्युबबेलबाट सिँचाइ सुविधा उपलब्ध गराउने घोषणा सरकाले गरेको छ ।
पहाडमा नदी बेसिनमा आधारित सिँचाइ गर्ने भन्दै स्थानीय तहलाई लिफ्ट तथा भूमिगत सिँचाइ योजनाका लागि विद्युतीय सुविधा दिने सरकारले घोषणा गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार