तराई/मधेश द्रुतमार्गको धेद्रे सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौं । तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रु  भएको छ । सुरुङको ब्रेक थ्रु रक्षामन्त्री हरि प्रसाद उप्रेतीले ब्लास्टिङ स्विच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

यस अघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु भइसकेको छ  । ब्रेक थ्रु  पश्चात उनले  लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गरेका थिए । दुतमार्गको ३३ प्रतिशत निर्माण कार्य सकिएको छ ।

उद्घाटन कार्यक्रममा उनले द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौलाइ मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने उनले बताएका छन् ।
उनले आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुख ब्यथालाइ आफुले नजिकबाट नियालेको बताएका थिए

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार