कोलकातालाई आईपीएलको उपाधी

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका रहमनुल्लाह गुर्बाजले ३९ र वेंकटेश ऐरले ५२ रन बनाए। उनीहरुबीच ९१ रनको साझेदारी भएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए ।

हैदराबादको यो स्कोर आईपीएलको फाइनलको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार