CLI

वाणिज्य बैंकहरुबाट ८३ अर्ब रुपैयाँ भन्दा धेरैको सुनचाँदी कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना अर्थात, कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी  कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकमध्ये १४ बैंकले मात्र सुनचाँदी कर्जा प्रवाह गरेका छन् । तर, ६ बैंकले भने यस्तो कर्जा प्रवाह गरेनन् । १४ बैंक मध्ये सबैभन्दा धेरै नेपाल बैंकले सुनचाँदी कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले ४० अर्ब ३० लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ ।

यो रकम गत वर्षको कात्तिक तुलनामा ६०.८५ प्रतिशत अर्थात १५ अर्ब १३ करोड ३० लाख रुपैयाँले बढी हो । त्यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको उक्त कर्जा प्रवाह ३६.३२ प्रतिशतले बढेको छ ।

कात्तिकसम्म यो बैंकले २९ अर्ब ४३ करोड ९० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा ७ अर्ब ८४ करोड ३० लाखले बढी हो । त्यसैगरी, प्राइम बैंकले ७ अर्ब ५९ करोड २० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ७७ करोड ८० लाख, नबिल बैंकले २ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तथ्यांक अनुसार ६ बैंकको कर्जा प्रवाह घटेको छ । कृषि विकास बैंकको ७५.९२ प्रतिशत, प्रभु बैंकको ९२.८४ प्रतिशत र एनआईसी एशिया बैंकको ४७.६७ प्रतिशतले कर्जा प्रवाह घटेको छ । यता, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन,नेपाल एसबीआई, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंकले कर्जा प्रवाह गरेको छैन ।

Leave Your Comment

Related News