CLI

चेल्सी र रिब्स उपाधिनजिक

काठमाडौं। चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित गर्‍यो । चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् । सिनियर ब्वाइजमा गोल्डेनपिक र बाल दीक्षा सदनले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले मार्वलसलाई ६८–५८ ले पाखा लगायो । गोल्डेनपिकका विजयी तामाङले १८ अंक जोडे । बाल दीक्षाले काठमाडौं जेभियर्स पब्लिकलाई ५३–२७ ले सहजै पाखा लगायो । बाल दीक्षाका सयल महर्जनले २८ अंक बटुले ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) फाइनलमा पुगे । ग्रिनफिल्डले ग्रिन लन्समाथि २२–१२ को जित दर्ता ग¥यो । ग्रिनफिल्डका अजय मगरले १२ अंक बटुले । गोल्डेनपिक विरुद्धको प्रतिस्पर्धामा इबीए २७–२२ ले विजयी भयो । इबीएका दिगविजय पुरीले ११ अंक जोडे । फाइनल शनिबार हुनेछ ।

Leave Your Comment

Related News