काठमाडौं । भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टि–२० आईमा विजय हारिल गरेको छ । ओपनर अभिषेक शर्माको आक्रामक ब्याटिङको मतले भारतले पाहुना टोलिलार्य ४० रनले पराजित गरेको हो ।
शर्माले ३५ बलमा ८४ रनको विस्फोटक खेले । सन् २०२६ को पहिलो टि ट्वान्टीमा अभिषेकले ३५ बलमा ८ छक्का ५ चौका प्रहार गरेपछि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रनको विशाल योगफल तयार पार्यो । यो न्युजिल्यान्डविरुद्ध भारतको अहिलेसम्मकै उच्च टि ट्वान्टी स्कोर हो। भारतले सुरुआतमै सञ्जु स्यामसन र इशान किशनलाई गुमाए पनि अभिषेकले इनिङ सम्हाले । पावरप्लेभित्रै ४ छक्का प्रहार गर्दै भारतले ६ ओभरमा ६८ रन बनायो । अभिषेकले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । अभिषेकले मात्र २० बलमै अर्धशतक पूरा गरेका थिए ।
पछि हार्दिक पाण्ड्याले २५ रन जोडे । अन्त्यतिर रिंकु सिंहले नटआउट ४४ रन बनाउँदै भारतको स्कोर मजबुत बनाए । न्युजिल्यान्डका ज्याकब डुफी र काइले जेमिन्सनले समान २ विकेट लिए। २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले सुरुआतमै डेभन कनवे र रचिन रवीन्द्रलाई गुमायो । ग्लेन फिलिप्सले ४० बलमा ७८ रनको इनिङ्स खेले पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् । वरुण चक्रवर्तीले महत्वपूर्ण २ विकेट लिँदै न्युजिल्यान्डलाई दबाबमा राखे । न्युजिल्यान्ड २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रनमै सीमित भयो । भारतका शिभम दुबेले पनि २ विकेट लिए ।


