CLI

विकास बैंकहरुले कमाए ३ अर्ब ४३ करोड नाफा, जगेडा कोषमा साढे २४ अर्ब जम्मा

काठमाडौं । सञ्चालनमा रहेका १६ वटा विकास बैंकहरुले ६ महिनामा करिब साढे ३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सार्वजनिक गरिएको रिपोर्ट अनुसार बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७७ प्रतिशतले बढी हो ।

यता, १६ वटामध्ये १३ वटा बैंकले नाफा कमाएका छन् भने ३ वटा घाटामा छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ । यसले पुसमसान्तसम्म ६७ करोड २० लाख, गरिमा विकास बैंकले ६३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । नारायणी, सालपा र सिन्धु विकास बैंक भने घाटामा छन् ।

रिपोर्ट अनुसार विकास बैंकहरुको चुक्ता पुँजी समग्रमा ४४ अर्ब ९७ करोड १४ लाख रुपैयाँ रहेको छ । जसमध्ये, सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको ८ अर्ब पुँजी छ । गरिमाको ६ अर्ब २ करोड पुँजी छ । यता, जगेडा कोषमा बैंकहरुको २४ अर्ब ४६ करोड रुपैयाँ जम्मा रहेको छ ।

मुक्तिनाथको जगेडामा ३ अर्ब ९१ करोड, गरिमाको ३ अर्ब २७ करोड, ज्योति विकासको ३ अर्ब १९ करोड र लुम्बिनी विकासको जगेडामा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । विकास बैंकहरुले पुससम्म ११ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा मुक्तिनाथ अगाडि छ । यता, प्रतिसेयर आम्दानी गरिमाको सबैभन्दा धेरै २१.१० रुपैयाँ छ । एनपीएल मितेरीको सबैभन्दा कम ०.४५ प्रतिशत छ ।

 

Leave Your Comment

Related News