CLI

समृद्धिलाई डिएभी फुटसल उपाधि

काठमाडौं। समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले पराजित गर्‍यो । समृद्धिका सौगात राना मगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान १–१ गोल गरे । हेराल्डका विराज तामाङले सान्त्वाना गोल फर्काए । उपाधिसंगै समृद्धिले ३ लाख तथा हेराल्डले २ लाख नगद पुरस्कार पाए ।

समृद्धिका क्याप्टेन बोगटी उत्कृष्ट खेलाडी तथा हेराल्डका निराजन मगर उत्कृष्ट गोलरक्षक घोषित भए । एआईटीएम कलेजका सुशन बलामी सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १५ हजार नगद पुरस्कार पाए । विजेतालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत र शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा ४० टिम सहभागी थिए । प्रतियोगता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरे ।

Leave Your Comment

Related News