काठमाडौं । टि-२० विश्वकपमा आज नेपाल इटलीविरुद्ध खेलिरहेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । यससँगै नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ। नेपाल १९.३ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो।
नेपालका लागि आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७ को योगदान दिए। यस्तै करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए।


