काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टले आगामी मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन-३ को घोषणा गरेको छ । काठमाडौंको सिटी सेन्टरमा आज शनिबार पत्रकार सम्मेलन गर्दै यही बेसाख ५ गतेबाट सुरु हुने जनाएको हो ।
बालबालिका र किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्याउने र आफ्नो कला प्रस्तुत गर्न उचित प्लेटफर्म उपलब्ध गराउने उद्देश्य राखेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । सिजन-३ मा सहभागी बालबालिकाको उमेर समूह निर्धारित गरिएको छ । जुनियर ए तर्फ ६–८ वर्ष, जुनियर बी तर्फ ९–१२ वर्ष र सिनियर तर्फ १३–१५ वर्षका बालबालिकाले भाग लिन पाउनेछन् । इच्छुक अभिभावकहरूले आफ्नो सन्तानको नाम बैसाख ५ गतेसम्म दर्ता गराउन सक्ने स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ । नाम दर्तापछि एक महिनाको प्रशिक्षणपछि जेठ २ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले आयोजना गरिनेछ ।
पछिल्ला दुई सिजनका विजेताहरूले प्रतियोगिताको स्तरलाई अझ उत्साहजनक बनाएका थिए। पहिलो सिजनमा जुनियर ए तर्फ रियान्शु दाहाल, जुनियर बी तर्फ पुर्णिमा थापा, सिनियर मिस आइडलमा श्रृष्टि बम्जन र मिस्टर आइडलमा अनमोल उप्रेती विजेता बनेका थिए । त्यस्तै, दोस्रो सिजनमा जुनियरमा कृषा हुमागाई, सिनियर मिस आइडलमा स्वीकृति पुन र मिस्टर आइडलमा प्रभाव राई उपाधि जितेका थिए। पत्रकार सम्मेलनमा स्पार्कल इन्टरटेन्मेन्टकी सीईओ नितु श्रेष्ठले सबै अभिभावकलाई आफ्नो सन्तानको व्यक्तित्व विकासका लागि समयमै नाम दर्ता गराउन आग्रह गरिन् । पत्रकार सम्मेलनमा सहभागी भई वरिष्ठ कोरियोग्राफर रोजिन शाक्य, सामाजिक अभियान्ता पुण्य गौतम र मिना ढकाल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।
सिजन-३ ले आगामी पुस्ताको प्रतिभा उजागर गर्ने नयाँ अवसर दिनुका साथै प्रतिभाशाली बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने उत्साहजनक रचनात्मक मञ्च प्रदान गर्ने आयोजकको अपेक्षा छ । ट सुरु। बालबालिका र किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्याउने र आफ्नो कला प्रस्तुत गर्न उचित प्लेटफर्म उपलब्ध गराउने उद्देश्य राखेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । रियान्शु दाहाल, जुनियर बी तर्फ पुर्णिमा थापा, सिनियर मिस आइडलमा श्रृष्टि बम्जन र मिस्टर आइडलमा अनमोल उप्रेती विजेता बनेका थिए ।
त्यस्तै, दोस्रो सिजनमा जुनियरमा कृषा हुमागाई, सिनियर मिस आइडलमा स्वीकृति पुन र मिस्टर आइडलमा प्रभाव राई उपाधि जितेका थिए। पत्रकार सम्मेलनमा स्पार्कल इन्टरटेन्मेन्टकी सीईओ नितु श्रेष्ठले सबै अभिभावकलाई आफ्नो सन्तानको व्यक्तित्व विकासका लागि समयमै नाम दर्ता गराउन आग्रह गरिन् । पत्रकार सम्मेलनमा सहभागी भई वरिष्ठ कोरियोग्राफर रोजिन शाक्य, सामाजिक अभियान्ता पुण्य गौतम र मिना ढकाल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए। सिजन-३ ले आगामी पुस्ताको प्रतिभा उजागर गर्ने नयाँ अवसर दिनुका साथै प्रतिभाशाली बालबालिकालाई आफ्नो कला प्रदर्शन गर्ने उत्साहजनक रचनात्मक मञ्च प्रदान गर्ने आयोजकको अपेक्षा छ ।


