CLI

जुडोमा प्रिन्स र आदित्यलाई स्वर्ण

काठमाडौं । एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा शनिवार पुरुष २६ केजीमुनि प्रिन्सले बाल विकास जुडो डोजोका आनाश महतरा तथा ३५ केजीमुनि आदित्यले एमएमएसीका सुवास विकलाई फाइनलमा पराजित गरे ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४६ केजीमुनि एमएमएसीका सदिन तामाङले बाल विकासका विनोद नेपालीलाई , ५० केजीमुनि पामका लाक्पा टासी शेर्पाले दाङका अमृत बुढा मगरलाई हराएर स्वर्ण पदक जिते। त्यस्तै ६१ केजीमुनि पेल्खिल जुडो क्लब, भुटानका निखिल समलले गेलुफु जुडो क्लब, भुटानका टासी दोर्जी र ६१ केजीमाथि बंगलादेश क्रिरा शिखा प्रोतिष्ठानका विजोय उषाचिङ मार्माले पेल्खिलका जिग्मे साम्तेन दोर्जीलाई हराउदै स्वर्ण जिते ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको महिला २८ केजीमुनि एमएमएसीकी राधिकाकुमारी चौधरीले पामकी स्मृति विकलाई, ४५ केजीमुनि पामकी समिता नेपालीले एमएमएसीकी जेनिशा वाइबालाई‌, ४१ केजीमुनि एमएमएसीकी रेनिशा वाइबाले गेलेफुकी दाम्चोइ दोर्जी वाङमोलाई‌ हराउँदै स्वर्ण पदक जितिन्।

त्यस्तै ४९ केजीमुनि एमएमएसीकी प्रविना गौतमले चेतना सदनकी सन्जिता कुमाल, २२ केजीमुनि एमएमएसीकी साम्याङ तामाङले नागर्जुन भ्याली एकेडेमीकी डेनिशा दोङ र ५३ केजीमुनि बंगलादेश क्रिराकी अजिजा अल्या लियोनले एमएमएसीकी श्रष्टा नापितलाई पराजित गर्दै पहिलो भइन् । विभिन्न ३५ स्पर्धा समावेश प्रतियोगिताको अन्तिम दिन आइतबार १५ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Leave Your Comment

Related News