CLI

रायोमाथि बार्सिलोनाको जित, शीर्ष स्थान सुरक्षित

काठमाडौं । आज सम्पन्न खेलमा रायो भल्कानोलाई पराजित गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको छ। नेपाली समय अनुसार बेलुका ६:४५ बजे बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा यो खेल सुरु भएको थियो।

खेलको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेको एकमात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले १-० को जित निकाल्यो। यस जितसँगै बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।

Leave Your Comment

Related News