CLI

आईपीएल २०२६: लखनउ र दिल्ली आज भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।

लखनउको घरेलु मैदान अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा हुने यो खेल सिजनको पाँचौँ खेल हो। दुवै टोलीले अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका कारण यस पटक नयाँ रणनीतिका साथ मैदान उत्रिँदै छन्।

लखनउको नेतृत्व ऋषभ पन्तले गरिरहेका छन् भने दिल्लीको कप्तानी अक्षर पटेलले सम्हालेका छन्। यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

Leave Your Comment

Related News