CLI

आईपीएल क्रिकेट : चेन्नईको तेस्रो हार, आरसिबीलाई सफलता

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले चेन्नई सुपर किंग्स माथि ४३ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा प्रभावशाली प्रदर्शन जारी राखेको छ ।

बेङ्गलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५० रनको विशाल योगफल बनायो । टोलीका लागि टिम डेभिड ले अविजित ७० रन बनाए भने देवदत्त पडिक्कल ले ५० रनको अर्धशतक बनाए। कप्तान रजत पाटिदार ४८ रनमा अविजित रहे ।

पडिक्कलले २९ बलमा ५० रन बनाउँदा टोलीको स्कोर अघि बढाएका थिए। ओपनर फिल साल्टले ४६ र विराट कोहलीले २८ रन जोडे । अन्तिम ओभरहरूमा डेभिड र पाटिदारले विस्फोटक ब्याटिङ गर्दै चौथो विकेटका लागि मात्र ३५ बलमा ९९ रनको अविजित साझेदारी गरे। चेन्नईका बलरहरू भने प्रभावहीन देखिए। शिवम दुबे र जेमी ओभर्टनले समान १ विकेट लिए।

२ सय ५१ रनको कठिन लक्ष्य पछ्याएको चेन्नईले सुरुआतमै ठूलो धक्का बेहोर्यो। टोलीले पहिलो ३ विकेट केवल ३ ओभरभित्रै गुमायो। त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाउँदा चेन्नई २ सय ७ रनमै समेटियो। चेन्नईका लागि सरफराज खानले ५० रन बनाए भने प्रशान्त वीर ले ४३ रनको योगदान दिए। बेङ्गलुरुको बलिङतर्फ भुवनेश्वर कुमार ले ३ र अभिनन्दन सिंहले २ विकेट लिए। यो साविक विजेता आरसिबीले सिजनमा उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको छ । चेन्नईले लगातार तेस्रो हार बेहोरेको छ ।

Leave Your Comment

Related News