काठमाडौं । आज (अप्रिल ८, २०२६) इन्डियन प्रिमियर लिग को १४औँ खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीको अरुण जेट्ली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले सिजनका सुरुवाती दुवै खेल जितेर उत्कृष्ट लयमा छ भने शुभमन गिलको नेतृत्वमा रहेको गुजरात पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।
अपराजित दिल्ली र पहिलो जितको खोजीमा रहेको गुजरातबीच आज भिड्दै


