काठमाडौं । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन सहित अन्य व्यवसायिक घराना पनि तानिएका छन् ।
सम्पति शुद्दीकरण विभागको निर्देशन बमोजिम धितोपत्र बोर्डले कार्यकारी निर्देशन रितेस केसीको नेतृत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनले भट्टबाट भएका धितोपत्रहरूको खरिद र बिक्रीको सम्बन्धमा विस्तृत सुपरीवेक्षण गरेपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा सहित नेपाल उधोग परिसघका उपाध्क्ष राजबहादुर साह लगायत दोसी ठहर भएका हुन् ।
धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले दीपक भट्टबाट धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने तथा उनीसँग सम्बन्धित विभिन्न कम्पनी र तीनका सञ्चालकलाई दिनुपर्ने रकिम नदिई त्यस रकमबाटै धितोपत्रको राफसाफ गर्ने गरेको छन् , जसले धितोपत्र अर्थात् शेयर कारोबारमा भट्टलाई कानुन विपरित काम गरेको देखिन्छ ।
दिपक भट्टले धितोपत्र दलाल भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत २०८२ साउ ५ देखि २०८२ चैत १ सम्म विभिन्न गरी ३ अर्ब ८० करोड ५३ लाख ८३ हजार ८७ रुपैयाँ बराबरको शेयर खरिद गरेको र सोही अवधिमा विभिन्न मितिमा ९३ करोड ५लाख ९२ हजार ३ सय ७ रुपैयाँ बराबरको शेयर बिक्रि गरेको देखिन्छ । तर सो अवधिमा भृकुटीले दीपक भट्ट सँग कुनै पनि रकम नलिएको र गत चैत १ गते सम्मको कारोबारमा धितोपत्र दलाल भृकुटीलार्इ २ अर्ब ९८ करोड २० लाख ४८ हजार ८सय ३९ रुपैयाँ तिर्नु पर्ने देखिन्छ ।
यसैगरी अन्य आरोपितले पनि अग्रिम रकम नदिई शेयर कारोबार रकम प्राप्त गरेको शेयर कारोबारका सबै रकम चुक्ता नगरेको रकम चुक्ता नगरी शेयर धनीहरुका खातामा गएको यसले उनीहरुको शेयर मूल्य बढी भएको र लगानीकर्ता र बजारलाइ झुक्याउने कार्य गरेको भनि उल्लेख गरिएको छ ।
छानबिन समितिले दीपक भट्टसहित भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी देखाएको छ । उनीहरूसहित शुभी अग्रवाल, ऋषिराज मोर, पनि सो प्रकरणमा आरोपी बनाएको छ ।
प्रतिवेदनमा कसुर गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थामा हिमालयन रिइनस्योरेन्स लिमिटेड, हिमालयन क्यापवर्स लिमिटेड, हिमालयन सेक्यिरिटिज बैङ्कर लि, एचएलआई लार्ज क्याप फण्ड नेपाल माइक्रो इन्स्योरेन्स लाई पनि दोसी देखाएको छ ।

छानबीन प्रतिवेदन अनुसार धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्गले दिपक भट्टलाई धितोपत्रहरु एनबीएलडी८५, एनआईएमबीडी ९०, एसबीआईडी८३, एसबीएलडी८९ र एनआरआईसीको खरिद गर्न धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) प्राप्त नगरी कारोबार गराएको र भट्टले अग्रिम रकम नदिई कारोबार गरेको देखिएको छ ।
छानबीन प्रतिवेदनमा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्गले उक्त संस्थाको ग्राहक (लगानीकर्ता) सँग धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १३ बमोजिम कारोबार भएको दिन बाहेक दुई कार्यदिन (टी प्लस टी टु) मा राफसाफ तथा फछ्र्यौट गरेतापनि धितोपत्र सोही विनियमावलीको विनियम १६ र १७ वमोजिम खरिदकर्ता ग्राहकवाट रकम लिने र विक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको पनि देखिएको छैन ।

यस कार्यबाट दिपक भट्ट र भृकुटी स्टक दुवैले नियमावली तथा विनियमावलीको व्यवस्था उल्लङ्घन गरी मिलोमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने उद्देश्य राखेको देखिएको र यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ६ को उपदफा (१) बमोजिमको कसूर गर्ने आधार तयार भएको धितोपत्र बोर्डले जनाएको छ ।






