काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ थियो ।
आज चाँदी भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँ थियो ।


