CLI

सम्झनाको अर्धशतकमा एशिया कपमा नेपालको ऐतिहासिक जीत

काठमाडौं । सम्झना खड्काको अर्धशतकमा नेपालले महिला एशिया कप टी–२० क्रिक्रेटमा ऐतिहासिक जीत हासिल गरेको छ। एशिया कप क्रिक्रेटमा नेपालको यो पहिलो जीत हो। टस जितेर फिल्डिङ रोजेको नेपालले ११६ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो।

पहिला ब्याटिङ गरेको यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन्। यूएईलाई कम योगफलमा रोक्न नेपालको कप्तान इन्दु वर्माले ३ विकेट लिइन्।

सम्झना खड्काले अन्यसम्म नटआउट रहँदै ४५ बलमा ७२ रन जोड्नि। अन्य नेपाली ब्याट्सवुमनले भने ठूलो रन बनाउन सकेनन्।

Leave Your Comment

Related News