CLI

समयमा योजना सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुपर्छ : सांसद जोशी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगत प्रसाद जोशीले समयमा योजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले समयमा योजना सम्पन्न नगर्ने र गर्न नसक्ने निर्माण कम्पनीको बैंक ग्यारेन्टी तान्नुपर्ने र कालोसूचीमा राख्नुपर्ने बताएका छन् ।

उनले मुलुकका विभिन्न योजनाहरु अलपत्र रहेको भन्दै सरकारले कडा नियम बनाउन आवश्यक रहेको बताएका हुन् ।
सांसद जोशीले सडक, पुल , भवनका कामहरु अधुरो हुँदा समस्या भएको बताए । ‘सडकको काम अधुरो , पुलको काम अधुरो, स्वास्थ्य चौकी भवन अधुरो हुँदाँ भत्किने बेला सम्म बन्न सकेको छैन ,’ उनले भने ,‘ खानेपानीको त्यस्तै हालत छ । खानेपानी टंयाङकी ठडिएको छ बोरिङ छैन , बोरिङ छ टयाङकी बनेको छैन बन्ने सुरसार पनि छैन । यी कुनै मनगण्डन्ते कुरा होइन । आफनो निर्वाचन क्षेत्रमा जाँदा मन पोल्ने दृश्य भएको हो । अब हामीलाई पर्खन छुट छैन , पछाडि फर्केन छैन । कस्तो नियम बनउाने हो बनाउ ,नियम पालना गरौं । ’

एक वर्ष अघि सम्पन्न हुनु पर्ने योजना अहिले सम्म सम्पन्न भएको छैन । असारमसान्तसम्म सम्पन्न गर्नुपर्ने काम अहिले सम्म सुरु भएको छैन यो मेरो मात्र निर्वाचन क्षेत्रको समस्या होइन देशभरि कैै समस्या हो । समाधान गर्नु आवश्यक छ, सांसद जोशीले भने ।

निर्वाचनको क्रममा सडक ठीक सयममा बन्ने छ, भ्रष्टचार बन्द हुने छ, औसत आयुमा वृद्धि हुने छ, शिक्षाको सुचांक वृद्धि हुने प्रतिवद्धता व्यक्त गरेको बताउदै सांसद जोशीले यी सवै उपलब्ध हािसल गर्न सबै काम समयमा हुनु जरुरी रहेको बताए । काम समयमा नै हुनका लागि प्रदेश ,स्थानीय तह लगायत सबैंको काम गर्ने गति मिल्न जरुरी भएको उनको भनाई छ ।

Leave Your Comment

Related News