काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।


